Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सुदूरपश्चिम

सुदूरपश्चिम सरकार  विस्तार अन्योलमा

एमाले भन्छ - हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन

इकागज |
जेठ २१, २०८१ सोमबार १६:४६ बजे

सुदूरपश्चिम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ । 

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातावरण बन्न नसकेको बताए । “हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,” उनले भने । 


समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालेले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, “अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ ।”
 


Author

थप समाचार
x