सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो करिब ३१ अर्ब बराबरको बजेट

इकागज |
असार १, २०८१ शनिबार १८:४४ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागी करिब ३१ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब ७ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको उनले जानकारी दिए ।


त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार छुट्याइएको उनले बताए । विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० लाख, नेपाल सरकारको राजश्व बाँडफाँटतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टी बाँडफाँटबाट चार करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रहेको मन्त्री पालले जानकारी दिए । त्यस्तै उनले चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, सशर्त अनुदानतर्फ तीन अर्ब १३ करोड, संघीय समपुरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अनुमान गरिएको बताए ।

बजेटमा प्रदेश सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मन्त्री पालले जानकारी दिए ।


Author

थप समाचार
x