सुदूरपश्चिम

कञ्चनपुरको ऐरी बस्तीमा पस्यो महाकाली नदीको बाढी

इकागज |
असार ५, २०७८ शनिबार १६:५४ बजे

बस्तीमा पसेको महाकाली नदीको बाढी

धनगढीः महाकाली नदीमा आएको बाढी बस्तीमा पसेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्तीमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतिर लागेका छन् ।

बाढीले ऐरी बस्तीका १० घर डुबानमा परेका भीमदत्त नगरपालिका १३ का वडा अधयक्ष लालबहादुर शाहीले जानकारी दिए । यस्तै महाकाली नदीमाथि निर्माणाधिन चार लेनको पुलको ड्याम समेत बाढीले भत्काएको छ । बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ ।


नदीमा पानीको बहाव बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । महाकाली नदीमा पानीको बहाव शानिबार बिहान ८ बजेसम्म १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो । जुन खतराको तहभन्दा माथि हो । महाकाली नदीमा अरु बेला ४० हजार क्वीसेक तहमा पानी बग्ने गरेको छ । 


Author

थप समाचार
x