सुदूरपश्चिम

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

इकागज |
असार ३, २०८१ सोमबार १०:० बजे

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-१४ डी गाउँमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको मृत्यु भएको हो ।


मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x