सुदूरपश्चिम

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

इकागज |
असार ४, २०८१ मंगलबार ७:३९ बजे

अछाम- पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । गएराति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए ।


सडक अवरुद्ध भए लगत्तै राति नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकाले राति सम्भव नभएको उनको भनाइ छ ।

सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् ।


Author

थप समाचार
x