सुदूरपश्चिम

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

इकागज |
असार ६, २०७८ आइतबार १६:४७ बजे

काठमाडौँ : सुदुरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको मुद्दामा सर्वाेच्च अदालतबाट अन्तरिम आदेश अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

विस्तारित मन्त्रिपरिषद्मा रहेका मन्त्रीकाे संख्याको विषयमा विवाद भएपछि सर्वाेच्च अदालतमा रिट दायर भएको थियो । अभिवक्ता अपेक्षा निरौला र विद्यार्थी कमलसिंह राना  सुदूरपश्चिमको मन्त्रिपरिषद्  विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 



Author

थप समाचार
x