सुदूरपश्चिम

हेलिकप्टरबाट गर्भवतीको उद्धार

इकागज |
असार ८, २०७८ मंगलबार ६:३२ बजे

मार्तडी : जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए ।

महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए । रासस



Author

थप समाचार
x