Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

इकागज |
साउन २०, २०८१ आइतबार १७:४१ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई दाबी बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।


केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरूमा पनि त्यसको प्रभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा कुल ५२ सदस्यीय रहेको छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका थिए ।


Author

थप समाचार
x