सुदूरपश्चिम

मोटरसाइकलको ठक्करबाट सापकोटाको मृत्यु

इकागज |
असोज २५, २०८१ शुक्रबार ७:१७ बजे

घोडाघोडी (कैलाली)- घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमाल पालले जानकारी दिए । 


बिहीबार दिउँसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा पुर्याए लगत्तै मृत घोषणा गरिएको थियो । 

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको पालले जानकारी दिए ।


Author

थप समाचार
x