सुदूरपश्चिम

धनगढीको मेयर हमालको नशामा समस्या देखिएपछि दिल्ली लगियो

इकागज |
मंसिर २२, २०८१ शनिबार १६:३५ बजे

फाइल फाेटाे

धनगढी - धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।

शुक्रबार अचानक स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए तर उनको उपचार त्यहाँ सम्भवः नहुने देखिए पछि अस्पतालले तुरून्तै नयाँ दिल्लीका लागि रेफर गरेको हो ।


मेयर हमाल निकट पारिवारिक स्रोतहरूका अनुसार उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेको थियो । तर, त्यहाँ उपचार सम्भवः नदेखिए पछि नयाँ दिल्ली पठाइएको हो ।

चिकित्सक पौडेलका अनुसार उनको मस्तिष्कको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने त्यति जटिल भने छैन ।
 


Author

थप समाचार
x