सुदूरपश्चिम

नौगाडमा पहिरो : ३ जनाको मृत्यु, जलविद्युत्‌ आयोजनाको छैन अत्तोपत्तो

इकागज |
असार २४, २०७८ बिहीबार १५:१० बजे

दार्चुला : दार्चुलाको नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब  (डिएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए ।


यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएपी भट्टले बताए । उनीहरू तिनै जनाको शव पहिरोबाट निकालिएको छ । 

जलविद्युत आयोजनाको छैन अत्तोपत्तो  

नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको  नौगाड गाउपालिकाका अध्यक्ष प्रेम सिंह धामीले बताए ।

अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोना, जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको  अध्यक्ष धामीले बताए ।


Author

थप समाचार
x