कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए
कञ्चनपुर- भिमदत्त नगरपालिका, नेपाली कांग्रेसका नगरसभापति मृत अवस्थामा फेला परेका छन् ।
भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको र सो घटनाबारे अनुसन्धान सुरु गरिएको छ।
मृत्युको कारण खुलेको छैन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया