गाडी रोकेर महाकालीको झोलुङ्गे पुल मर्मत
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ । दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।
नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया