एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्योः तीनको उद्दार, दुई बेपत्ता
प्रतिकात्मक तस्बिर
काठमाडौँ - कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ हावालाग्ने डाडा भन्ने स्थानमा मध्यान्न साढे १२ बजेतिर सडकबाट चार/पाँच सय मिटर तल जीप कर्णाली नदीमा खसेको वडाध्यक्ष खरप्रसाद अधिकारीले जानकारी दिए । उनकाअनुसार जीपबाट तीन जना बालबालिकाको उद्दार गरिएको छ भने दुई जना बेपत्ता छन् ।
तीन जना बालबालिका बाटोमा खसेर घाइते अवस्थामा फेला परेका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर रहेको र लम्कीस्थित लालरत्न अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनले जानकारी दिए । उनीहरू सपरिवार घुम्न आएको जानकारी आफूले पाएको उनले बताए । बेपत्ता दुई जना श्रीमान-श्रीमती हुन् ।
जीप डुबेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी कार्यालयकाअनुसार डोटीको आदर्श गाउँपालिका काँडे साउले बस्ने चालक चन्द्रप्रकाश जोशी र रुपी जोशी नदिमा बेपत्ता भएका छन्। अन्दाजी १०/१२ की लक्ष्मी जोशी उनका भाई अन्दाजी वर्ष २/३ को भुवन जोशी र बहिनी अन्दाजी वर्ष ४/५ सावित्री जोशीको उद्दार गरिएको छ । प्रहरीकाअनुसार लक्ष्मी बोल्नसक्ने अवस्थामा छिन् भने अरु दुई जना गम्भीर घाइते छन् । गाडी नदीमा खसेकोले नम्बरसमेत नखुलेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया