सुदूरपश्चिम

लोकतन्त्र जोगाउन कांग्रेस सडकमा : महर

इकागज |
मंसिर २०, २०७७ शनिबार १५:४ बजे

डडेल्धुरा : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् । सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए ।
 
डडेल्धुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महरले ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धीलाई नेकपाले तीन वर्षमै संकटमा पारेको आरोप समेत लगाए । महरले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार लोकतन्त्रकै अपमान भएको र त्यसैको बिरोधमा कांग्रेस देशब्यापी बिरोधमा उत्रिएको बताए । 



Author

थप समाचार
x