बालबालिकामा निमोनिया देखिएपछि बाजुराका अस्पताल भरिभराउ
कैलाली - जिल्ला अस्पताल बाजुरामा केटाकेटीलाई निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक २० देखि ३० जनासम्म बालबालिकाहरू अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । उनले अधिकांशमा निमोनिया देखिएको बताए ।
निमोनिया संगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि अक्सिजनको सहारामा बालबालिकाको उपचार भइरहेको डा. जोशीले बताए । उनले अस्पतालमा हाल १३ जना बालबालिकाको उपचार भइरहेको बताए । अस्पताल भर्ना भएका सबैजसो बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोभिड-१९ समेत पोजिटिभ देखिएको डाक्टर जोशीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया