सुदूरपश्चिम

कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप, दर्जन बढी घाइते

इकागज |
भदौ ४, २०७८ शुक्रबार १४:४ बजे

कैलाली- कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ एक दर्जन बढी घाइते भएका छन् ।

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले बिहानै भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडपको स्थिति भएको हो ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए ।


Author

थप समाचार
x