सुदूरपश्चिम

थुनिएको नदी बग्‍न थाल्‍यो

इकागज |
भदौ ४, २०७८ शुक्रबार १४:८ बजे

कैलाली- बझाङमा पहिरोले थुनिएको नदी बग्‍न थालेको छ । बुङ्गल नगरपालिका-७ स्थित सानिगाड नदी पहिरोले थुनिएको थियो । लगातारको वर्षातका कारण पहिरो खस्दा नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो । 

पहिरो माथिबाट पानी बग्‍न थालेपछि हाललाई जोखिम केही कम भएको बताउदै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।



Author

थप समाचार
x