हत्या गरिएका असई र जवानको मरणोप्रान्त पदोन्नती
कैलाली : कैलालीमा विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले हत्या गरिएका प्रहरी सहायक निरीक्षक विक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १र१ तह पदोन्नती गरिएको बताए।
उनकाअनुसार प्रहरी निरीक्षक बिक प्रहरी सहायक नायब निरीक्षक (सई) र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन्। योसँगै उनीहरूको परिवारले अबको ७ वर्षसम्म खाईपाई आएको तलबभत्ता पाउने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले जनाए। सात वर्षपछि भने उनीहरूको परिवारले पेन्सन सुविधा पाउनेछन्।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउद वेपत्ता भएका थिए। विक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।
उनीहरूको हत्या आरोपमा पक्राउ परेका धनगढीको जुगेडाकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। हत्या प्रकरणसँग जोडिएको मटर तस्करी गराएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् भने हत्यामा संलग्न केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया