सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव
कैलाली - सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो ।
डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्।
उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। मृतकका ससुरा लोकेन्द्र मल्लले बुहारीको मृत्यु बिहानै भएको भएपनि अस्पतालले ढिलोगरी रगतको जोहो गर्न आफूहरूलाई भनेको बताए ।
उनले अस्पतालको लापरबाहीले बुहारीको ज्यान गएको बताउदै लापरबाही गर्ने उपर कारबाहीको माग गरे । मृतकका ससुराले बिहान ६:३७ बजे ए नेगेटिभ रगत जुटाइदिन गरेको आग्रह गरेका थिए । उनले भने बमोजिम रगतको जोहो भए पनि मल्लको मृत्यु त्यसअगावै भैसकेको मृतकका ससुराले दाबी गरे ।
अस्पतालमा तनावको सृजना भएपछि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अस्पतालमा प्रहरी परिचालन गरिएको बताउदै शान्ति सुरक्षा कायम राख्न र अप्रिय घटना हुन नदिन मातहतका प्रहरीलाई निर्देशन दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया