भारतले प्रवेश नदिँदा समस्या
सीमामा दोहोरो मापदण्ड: भारतीय सहजै आउँछन्, नेपाली जान पाउँदैनन्
जनकपुरधाम - नेपाल सरकारले भारतसँगको सीमानाका खोल्ने गरेको निर्णय गरेको १० दिनपछि कार्यान्वयनमा आएको छ । प्रदेश २ का विभिन्न नाकाबाट सयौं भारतीय गाडी नेपाल भित्रिएका छन् । तर नेपालबाट भारततर्फ जान भने सहज छैन । गाडी त के पैदल जान पनि नेपालीले सास्ती भोग्नुपर्छ ।
भारत सरकारले नाका नखोलेका कारण धनुषा, महोत्तरी, सर्लाहीसहित प्रदेशका कुनै पनि जिल्लाको सीमानाकाबाट नेपाली नागरिकलाई सवारी साधन वा पैदल जान दिइएको छैन । नेपाली नागरिक पहिला झै नाका छेउछाउका खेती चौरीबाट नै आवतजावत गर्न बाध्य छन् ।
सीमानाका सँग जोडिएका क्षेत्रबाट दैनिक हजारौ नेपाली नागरिक भारतीय बजारतर्फ आवातजावत गर्ने गर्छन् । तिनीहरू खेत र हिलो तर्दै सामान किनमेल गर्न पारिबाट आवातजावत गर्दै आएका छन् ।
धनुषा नगराईन निवासी विवेक झाले नेपालले भारतीय गाडीको प्रवेशमा खुल्ला गरे पनि भारतीय पक्षले खुल्ला नगरेको कारण नेपालीले सास्ती भोग्नु परेको गुनासो गरे । त्यस्तै महोत्तरीको जलेश्वर निवासी धिरज साहको गुनासो पनि उस्तै छ । सीमानाका खोलिए पनि नेपालबाट भारततर्फ जानेहरूले नेपाली गाडी नेपालमै छोडेर पैदल हिँडेर जानु परेको उनले बताए । भारतीयहरूले नेपालमा सहजै प्रवेश पाएजस्तै नेपालीले पनि भारत जान पाउनुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।
नागरिकका समाजका अगुवा अमरचन्द्र अनिलले यहाँका नागरिकका लागि भारतीय नाका खोलाउन पहल गर्नु पर्ने बताए । यदि यस्तो गरिएन भने नाका खोल्नुको कुनै औचित्य नहुने उनको भनाइ छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यले परमेश्वर साहले नेपाल सरकारले सीमानाका खोले पनि यहाँका नागरिकलाई किनमेल र उपचार गर्न पहिला जस्तै खेत चौरबाटै जानुपर्ने बाध्यता रहेको बताए । भारतीय नागरिकको लागि नेपाली सीमा क्षेत्रको बजार छैन तर सीमा नजिक बसेका यहाँका नागरिकको लागि भारतीय बजार नै छ, प्रदेश २ मात्रै दिनहुँ हजारौको संख्यामा भारतीय बजार किनमेल गर्न जान्छन् । नेपालले सीमा खोलेपनि खासै असर परेको छैन । पहिला पनि मालसामान ढुवानी हुन थियो नै अहिले पनि हुन्छ ।
भारतीय गाडी र नागरिकलाई नेपाल प्रवेशका लागि नाका खोलिए पनि नेपाली नागरिकका लागि अहिले पनि भारतीय नाका बन्द नै छन् । तिनीहरू नाकाको छेउछाउ खेत चौरबाट आवात जावत गर्न बाध्य छन् । यही प्रशंगमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले भने नाका सहज बनाउने विषय आफ्नो क्षमताभन्दा बाहिरको कुरा भएको बताए । नेपाल सरकारको निर्णय अनुसार भारतीय गाडी र नागरिकलाई प्रवेश गर्न दिइएको उनले बताए । तर नेपालीलाई भारततिर जाने समस्या दुई देशका सरकारको कुरा भएको उनको भनाइ छ। दुवै देशका सरकारले छलफल गरेर नेपाली नागरिकका लागि भारतीय नाका खुल्ला गर्नु पर्ने उनले बताए ।
शुक्रबारदेखि खुल्ला गरिएको सीमानाकाको क्रममा प्रदेश २ का महोत्तरी बाहेक ७ वटै जिल्लामा आजबाट निगेटिभ रिपोर्ट र खोप लिएको कोभिडविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर पैदल यात्रुका साथै मालवाहक र यात्रुवाहक सवारी साधनलाई भन्सार कटाएर प्रवेश गरेका छ । महोत्तरीले भने आइतवारदेखि खुल्ला गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले केन्द्रबाट परिपत्र भए पनि बाहिर रहेको र लामो समयदेखि बन्द रहेकोले व्यवस्थापनसहितका भन्सारका प्राविधिक कारणले खुल्ला गर्न नसकिएको बताए । सम्भवत आइतबारदेखि सन्चालन हुने बताए ।
कोभिडको जोखिमलाई दृष्टिगत गर्दै गत २०७६ साल चैत १० गतेदेखि भारतीय गाडीको नेपाल प्रवेशमा रोक लगाइएको थियो । दबावपछि पहिलो चरणमा गत माघ महिनादेखि १३ वटा नाका खोलिएको थियो भने पछिल्लो पटक असोज ५ गते मन्त्रिपरिषदको बैठकबाट भारतसँग जोडिएका सबै सीमानाका खोल्ने निर्णय गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया