सुदूरपश्चिम

दुई वर्षदेखि पहिरो पीडितको जंगलमा बास

इकागज |
असोज १६, २०७८ शनिबार १३:४४ बजे

काठमाडौँ - कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरूले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।


वैज्ञानिक मापदण्डविपरीत बर्सेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोको कारणले गाँउनै विस्थापित भइरहेका छन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउनै  विस्थापित हुन थालेका हुन् ।

चुरेका विभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै विस्थापित घरविहीन बन्दै गएका छन् । गाउमा बस्न सक्ने अवस्था नभएपछि केही सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले विस्थापतिहरूको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन् ।

गत वर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परिवार विस्थापित भएका छन ।  यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरू नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।


Author

थप समाचार
x