तीन जना गोताखोर सम्मानित
कैलाली - जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोरलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ बाहिनी मुख्यालय, अत्तरियामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय तिलक लाम र हरिश भट्टलाई शनिबार सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भाद्र १८ गते गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू डुबेर बेपत्ता भएको अवस्थामा उनीहरूको खोजतलास अहम भूमिका खेलेको भन्दै तिनै जना सशस्त्र प्रहरीलाई सम्मान गरेको बताए ।
सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया