सुदूरपश्चिम

धनगढी बसपार्कमा तनाव

इकागज |
पुस ३, २०७७ शुक्रबार १३:३२ बजे

कैलाली : शिवपुरी यातायात प्रालिले काउण्टर राखेर यातायात सेवा सञ्चालन गरेपछि धनगढी बसपार्कमा तनाव  बढेको छ । शिवपुरीले सेवा संचालन गरेपछि पूराना ६ वटा यातायात प्रालिले विरोध जनाएका हुन् । उनीहरूले यातायात सेवा ठप्प गरेपछि तनाव बढेको हो ।

अहिले बसपार्क क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बसपार्क क्षेत्रबाट यात्रुहरूलाई बाहिर निकालिएको छ । बसपार्क क्षेत्रभित्र बस सञ्चालक, कर्मचारी र प्रहरी मात्र छन् । जिल्ला प्रशासन कार्यालयले बस सेवा सञ्चालनका लागि यातायात प्रालिहरूलाई निर्देशन दिए पनि उनीहरूले अटेर गरेका छन् ।


डडेल्धुरामा केन्द्रीय कार्यालय रहेको शिवपुरी यातायात प्रालिले धनगढी बसपार्कमा काउण्टर राखी यातायात सेवा सुरु गरेपछि विरोधमा उत्रिएका पूराना ६ वटा यातायात प्रालिले आज लामो तथा छोटो दुरीमा कुनै पनि सवारी साधन चल्न दिएका छैनन । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले शिवपुरी यातायातले काउन्टर हटाउन पर्ने माग गर्दै विरोध जनाएको जानकरी दिए । शिवपुरी यातायातलाई धनगढी उपमहानगरपालिकाले काउन्टर राख्ने अनुमति दिएको थियो ।


Author

थप समाचार
x