अवरुद्ध धनगढी-डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने
तस्बिर : देवेन जोशी
कैलाली- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध धनगढी-डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ ।
धनगढी-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गका दर्जनौँ स्थानमा बाढी र पहिरोले पुर्याएको क्षति तत्काल मर्मत सम्भार गर्न सम्भव नभएका कारण सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आउन थप केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ साहुखर्क, वडा नम्बर ३ गाईलीखेत, सेल्तडा, नवदुर्गा गाउँपालिका- ३ गजरौला आलिताल गाउँपालिका- १ घण्टेश्वर, वडा नम्बर ३ कटाल लगायत दर्जनौ स्थानमापहिरोका कारण सडक अबरुद्ध भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाउने प्रयास भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी जोशीले भीमदत्त राजमार्गका दर्जनौ स्थानमा पहिरो खसेका कारण तत्काल हटाउन सम्भव नभएकोले उक्त सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताए ।
त्यस्तै सडक अबरुद्धका कारण चार दिनदेखि डडेल्धुरामा रहेका धनगढीका देवेन जोशीले निकै कष्टकर यात्रा गर्दै धनगढी पुगेको बताए । उनले दर्जनौँ स्थानमा सडक भत्काएको, रुखहरू सडकमै ढलेका कारण सडक खुल्न अझै केहि दिन लाग्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया