अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन: निर्माण
कैलाली- सुदूरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन: निर्माण कार्यको शुभारम्भ गरिएको छ । पहिला राजा महेन्द्रको शालिक रहेकै स्थानमा स्थानीयहरूको उपस्थितमा आज पूजा आजा गरेर शालिक निर्माणको काम थालिएको हो ।
राजा महेन्द्रको शालिक पुनः निर्माण समितिका अध्यक्षसमेत रहेका स्थानीय हरि भट्टराईले पुरहितको उपस्थितिमा पूजा आजा गरेर शालिक निर्माणको शुभारम्भ गरेका हुन् । २०६२/०६३ को अन्दोलनको क्रममा अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिक तोडफोडपछि उक्त स्थान खाली रहेको थियो । अत्तरिया चोकको बिच भागमा पुन: ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने समितिका अध्यक्ष भट्टराईले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया