ओली समूहले लगाएको तालामाथि दाहाल–नेपाल समूहको तालाबन्दी
धनगढी : नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा कार्यकर्ताले नेकपाको पार्टी कार्यालय कैलालीमा ताला लगाएका छन् । धनगढीस्थित नेकपाको पार्टी कार्यालयमा मंगलबार तालाबन्दी गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि प्रचण्ड–नेपाल समूहले अर्को ताला लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया