कैलालीमा कांग्रेसका नगरसभापति र सचिव वडामै पराजित
कैलाली- कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसका नगरसभापति र सचिव आफ्नै वडामा पराजित भएका छन् ।
शनिबार सम्पन्न वडा अधिवेशनमा वडा नम्बर १ का नगर सभापति हेमप्रकाश उप्रेती क्षेत्रिय प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तैगरि नगर सचिव तेज खड्का पनि वडामै पराजित भएका छन् ।
दुई समूह प्यानल नै बनाएर चुनावमा होमिएका थिए । वडामा शिवराज जोशी नेतृत्वको पुरै प्यानल विजयी भएको छ । सोही समूहका उम्मेद्वारहरु क्षेत्रिय प्रतिनिधि र नगर प्रतिनिधिमा समेत विजयी भएका छन् । क्षेत्रिय प्रतिनिधिमा उप्रेती समूहका एकजना लोकराज पाण्डेले मात्रै जित हासिल गरेका छन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया