कैलालीमा चितुवाको छालासहित तीन जना पक्राउ
कैलाली : कैलालीमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट तीन जनालाई पक्राउ गरेको हो ।
डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, आदर्श गाउँपालिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँका २१ वर्षीय योगेन्द्र धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनका अनुसार सुरुमा अत्तरियाको मिट प्वाइन्ट होटलबाट किरन पुनलाई एक थान छाला र दुई थान हड्डीसहित पक्राउ गरिएको थियो । अनुसन्धान गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको प्रवक्ता विष्टले जानकारी दिए । पक्राउ परेका तीनै जना र बरामद छाला, हड्डी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया