सुदूरपश्चिम

कोभिड-१९ नेगेटिभ देखिएपछि भेन्टिलेटरबाट निकालिएका व्यक्तिको मृत्यु

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १६:४३ बजे

सांकेतिक तस्बिर

धनगढी : कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का ३८ वर्षे संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो।

सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार  जनरल आइसियुमा सारिएको थियो । आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले जनरल आइसियुमा सारिएको र सोमबार राती मृत्यु भएको अस्पतालले जनाएको छ। 



Author

थप समाचार
x