नवजीवनको मुनाफा १२ करोड २३ लाख
कैलाली- धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले एक वर्षमा १२ करोड २३ लाख मुनाफा आर्जन गरेको जनाएको छ । २८ औँ बार्षिकोत्सवको पुर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७८/०७९ मा १२ करोड २३ लाख मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।
चालु आर्थिक वर्षको चार महिनामा मात्रै संस्थाले १ करोड ८७ लाख मुनाफा आर्जन गरेको नवजीवन सहकारी संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुले जानकारी दिए । उनका अनुसार संस्थाको अधिकृत पुँजी ५० करोड पुगेको छ भने चुक्ता शेयर पुँजी २३ करोड ७९ लाख पुगेको छ ।
यस्तै सहकारीका शेयर सदस्यको संख्या २६ हजार पुगेको छ । संस्थाले हाल नौं वटा शाखा सेवा केन्द्र कार्यालयहरू स्थापना गरी सेवा दिँदै आएको छ । सबै शाखाहरूबाट ४ अर्ब १७ करोड निक्षेप संकलन भएको र विभिन्न क्षेत्रमा ३ अर्ब ६० करोड कर्जा प्रवाह भएको संस्थाका महाप्रबन्धक गुरुले बताए ।
संस्थाले स्थानीय पुँजीलाई बचतको रुपमा स्वीकार गरी यसै क्षेत्रका व्यक्तिहरूको आर्थिक स्तर वृद्धि गर्नमा निरन्तर सहयोग गर्दै आएको उनको भनाई छ । उक्त सहकारीमा हाल ११३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विगत १५ वर्षदेखि निरन्तर सहकारी ऐनले तोकेको अधिकतम सिमासम्म बार्षिक १५ प्रतिशत शेयर लाभांश प्रदान गर्दै आएको छ ।
हालको बैकिङ्ग प्रतिस्पर्धाको अवस्थामा समेत संस्थाले आफुलाई परिमार्जित गर्दै थप बैकिङ्ग उपकरणसहितको सरल र सर्बसुलभ सेवा प्रदान गरि स्वच्छ प्रतिस्पर्धा समेत गर्दै आइरहेको महाप्रबन्धक गुरुले जानकारी दिए ।
कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था २०५० साल बैशाख १५ गते सहकारी विभागमा दर्ता भई सञ्चालनमा रहेको छ ।
हाल संस्थाले धनगढीलगायत कैलालीको अत्तरीया, सुख्खड, टीकापुर, जोशीपुर, चौमालासँगै कञ्चनपुरको आई.वि.आर.डी. र बर्दियाको बासगढी र राजपुरबाट सेवा दिइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया