प्रधानमन्त्रीको सुरक्षाका लागि चोकचोकमा सुरक्षाकर्मी (फोटो फिचर)
सुदूरपश्चिम : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आफ्नो गुटको सभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि शुक्रबार बिहानैदेखि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक, खुलामञ्च र मुख्य सडकमा १० मिटरको दूरीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भए पनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ । आकाश खुले १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया