अनेरास्ववियू कैलालीको बयलगाडा र्याली, ‘म त लागे है अमेरिका’
कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियू कैलालीले बयलगाडा र्याली निकालेको छ । ‘म त लागे है अमेरिका’ भन्दै र्याली निकालिएको हो । नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् ।
धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । २०६२/०६३ सालको जनआन्दोलनतामा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया