सुदूरपश्चिम

अटोरिक्सा सेती नदीमा खस्दा एक जनाको मृत्यु

इकागज |
पुस २९, २०७७ बुधबार ९:४४ बजे

दीपायल : डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका - ८ तिलताली नजिक अटो रिक्सा सडकबाट दुर्घटना भएर सेती नदिमा खस्दा शिखर नगरपालिका - ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको हो । 

७ जना यात्रु बोकेर बानेडुग्रीसैनबाट दिपायल जादै गरेको अटो बुधबार राति ८ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ । 


घाइते हुनेमा शिखर नगरपालिका - ३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेको प्रहरीले जनाएको छ । अटो रिक्सा दुर्घटनाको कारण खुलेको छैन् । 


Author

थप समाचार
x