कैलाली कांग्रेसकाे मतदान दाेस्राे चरणमा, वम र भट्टबीच प्रतिष्पर्धा हुने
कैलाली - कैलाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ। खसेको मतको ५१ प्रतिशत अर्थात १२८६ मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
कुल २४७६ मत गणना हुदा सभापति पदका उम्मेदवार प्रकाश वमले ११६९, नारायणदत्त भट्टले १०७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् ।
जिल्ला अधिवेशनमा दुई हजार ५८७ मतदाता रहेकोमा दुई हजार ४७६ जनाले मतदान गरेका थिए । त्यस्तै ३८ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया