विद्यालय व्यवस्थापन समितिको चुनाव सकिएपछि युवकको हत्या
धनगढी : बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ । छबिस पाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएको थियो । सोही विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरा विजयी भएका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामीलाई २८ मतले पराजीत गरेका हुन् । हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति भएका स्थानीयले बताएका छन् ।
यस्तै खुँडा प्रहार गर्ने मध्येका एक जना वडा नम्बर २ का ज्ञानबहादुर कडायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्याका आरोपी खड्काले वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग गरेको समेत देखिएको छ । छबिसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको हो । ऐडी तत्कालिन एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया