सुदूरपश्चिम

सुदूरपश्चिममा पहिलो दिन १ हजार ८२ जनाले लगाए खोप

बाजुरामा भने भोलिदेखि सुरु हुने

इकागज |
माघ १४, २०७७ बुधबार १७:५४ बजे

कैलाली : सुदूरपश्चिममा पहिलो दिन  १ हजार ८२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेशका नौ वटा खोप केन्द्रबाट पहिलो दिन  १ हजार ८२ ले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

बाजुरा खोप केन्द्रबाट भने भोलिदेखि खोप अभियान सुरु हुने मन्त्रालयका प्रवत्ता  नरेन्द्रसिंह कार्कीले बताए । सुदूरपश्चिममा पहिलो चरणमा १६ हजार २ सय ९३ जनालाई खोप लगाइनेछ । 


* सामाजिक विकास मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या अद्यावधिक गरिएको छ ।


Author

थप समाचार
x