कैलाली र कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन
धनगढी : कैलाली र कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालय मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेका छन् । आयोगले मतदाता विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउने कार्य सुरु भएको हो ।
कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेम भट्टले माघ १५ गतेदेखि जिल्लाका १३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु भएको बताउँदै १ गतेसम्म सञ्चालन हुने बताए । ‘गलत विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्को विरोधमा माघ माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ,’ भट्टले भने, ‘मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सकिनेछ ।’ कैलालीमा दुई सय ३६ वटा मतदानस्थल निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका कञ्चनपुरका प्रमुख उदयराज जोशीले १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भएको बताए । मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसंग छलफल गरिसकेको जोशीले बताए । एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालयले तयारी थालेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया