सुदूरपश्चिम

खुकुरी चुरोट बरामद

इकागज |
कात्तिक १३, २०७७ बिहीबार १८:९ बजे

कञ्‍चनपुर : सशस्त्र प्रहरीको टोलीले कञ्‍चनपुर जिल्लाको भिमदत्त नगरपालिका-९ स्थित सीमा इलाकाबाट करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरी निकासी हुँदै गरेको खुकुरी चुरोट बरामद गरेको छ । 

सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीका अनुसार, नेपालबाट भारततिर अवैध रुपले लैजाँदै गरेको अवस्थामा बिहीबार टोलीले चुरोट बरामद गरेको हो । बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 


त्यसरी सशस्त्र प्रहरीले रौतहटको गौरनगरपालिका-२ स्थित लालबकैयाबाट बुधबार करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ । 


Author

थप समाचार
x