धनगढीमा बन्दको विरोधमा उत्रियो ओली समूह
कैलाली : धनगढीमा नेकपा दाहाल–नेपाल समूहले गरेको आम हड्तालको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पनि सडकमा आएको छ । धनगढी चौराहमा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले बन्दको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । सडकको एकातिर ओली पक्ष र अर्कोतिर दाहाल–नेपाल समूह नाराबाजी गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया