बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल
बझाङ : जिल्ला निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्ने कार्य सुरु भएको छ । जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएसँगै परिचयपत्र अद्यावधिक गर्ने कार्य सुरु गरिएको हो ।
कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम, ठेगानालगायतका कुरामा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन माघ ११ गतेदेखि निर्वाचन कार्यालय बझाङको टोली स्थानीय तहमा खटिएको छ ।
मतदानस्थलमा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा नगरपालिकाका वडा सचिवलाई छनोट गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहोराले जानकारी दिए ।
जिल्लामा १६२ मतदान केन्द्र र १२५ मतदानस्थल रहेपनि हाल बुङ्गल नगरपालिकामा चार, छविस पाथिभेरा गाउँपालिकामा एक, मष्टा गाउँपालिकामा एक, सुर्मा गाउँपालिकामा एक र वित्थडचिर गाउँपालिकामा एक गरी जम्मा आठ मतदानस्थल थपिएको निर्वाचन कार्यालयका अधिकृत करुणाकर पन्तले जानकारी दिए । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया