सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

इकागज |
माघ २६, २०७७ सोमवार १३:३२ बजे

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु भएको हो । दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा सरकारका तर्फबाट पेश भएका विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । 

गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भएका थिए ।



Author

थप समाचार
x