सुदूरपश्चिम

२८ वर्षीय युवकले गरे आत्महत्या

इकागज |
कात्तिक १५, २०७७ शनिबार १८:५४ बजे

दार्चुला : दार्चुलामा २८ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको मार्मा गाउँपालिका वाड नम्बर ४ थामका वर्ष २८ का सन्तोष महताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।   

शुक्रबार राती आफनै घरको लगभग ४०/५० मिटर टाढा काफलको रुखमा प्लाष्टिकको डोरीमा झुण्डिएर आत्महत्या गरेको चन्दले जानकारी दिए । अहिले घटना स्थलमा लटिनाथबाट प्रहरी निरीक्षक जगत बहादुर मल्लको टोली खटिएको निरीक्षक चन्दले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x