सुदूरपश्चिम

धनगढीमा यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल

इकागज |
फागुन ५, २०७७ बुधबार १९:१२ बजे

धनगढी : धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल भएको छ । पदाधिकारी दुई समूहमा विभाजित भएपछि हात हालाहालको अवस्था सृजना भएको हो ।

प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई जानकारी नदिएर सञ्‍चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद बढेको हो ।


खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्‍चालक समिति गठन गरेको जनाएको छ ।  तीन वर्षसम्म साधारण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरूको उपस्थितिमा नयाँ समिति गठन गरको दाबी खोलौलाको छ । 

बुधबार खोलौला समूहले कार्यालयमा आफ्नो समितिको नाम सूचीको बोर्ड टासेर कार्यालय नियन्त्रणमा लिन खोजेपछि केहीबेर तनाब सिर्जना भएको हो ।


Author

थप समाचार
x