सुदूरपश्चिम

कैलालीमा पूर्वपश्‍चिम राजमार्ग आज पनि अवरुद्ध

इकागज |
फागुन ६, २०७७ बिहीबार १३:४९ बजे

धनगढीः कैलालीको बौनियास्थित पूर्वपश्चिम राजमार्ग आज पनि अवरुद्ध गरिएको छ । बुधबार कैलालीको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनाका परिवार र स्थानीयले बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध पारेका हुन् ।

क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनकाअनुसार ठक्कर दिने चालक र ट्रक नियन्त्रणमा लिइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक लम्की नगरपालिका-४ बलियाका २४ वर्षीय दिनेश चौधरी र जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरीको मृत्यु भएको थियो ।



Author

थप समाचार
x