सुदूरपश्चिम

भागरथीका आफन्तले बुझे १७ दिनपछि शव

इकागज |
फागुन ७, २०७७ शुक्रबार १४:३३ बजे

धनगढी : बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षे भागरथी भट्टको शव यात्रा सुरु भएको छ । बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शव यात्रा सुरु भएको हो ।

हत्या भएको १७ दिनपछि आफन्तले शव बुझेपछि शव यात्रा सुरु भएको हो । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।


भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले  १६ बर्षीय दिनेश भट्टलाइ पक्राउ गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ । अभियुक्तले भागरथीको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेको प्रहरीको दाबी छ ।


Author

थप समाचार
x