सुदूरपश्चिम

भागरथी हत्या प्रकरण : अनुसन्धानमा संलग्‍न डिआईजीसहित ५ प्रहरी पुरस्कृत, दुईको बढुवा

इकागज |
फागुन १३, २०७७ बिहिवार ११:४७ बजे

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितक पाँच प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले डिआईजी सुवेदीसहितका प्रहरीलाई अभिलेखमा जनाउनेगरी नगदसहित पुरस्कृत गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा दरबन्दी रहेका प्रहरी नायव निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुलामा दरबन्दीमा रहेका प्रहरी जवान अशोकबहादुर कुँवर पनि पुरस्कृत भएका हुन् । सोही घटनामा खटिएका प्रहरी सहायक निरीक्षक पदम थापा र प्रहरी जवान नरबहादुर थापाको एक तह बढुवा भएको डिआईजी सुवेदीले जानकारी दिए । 


बढुवा भएका थापाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा दरबन्दी छ । यस्तै कैलालीको धनगढी–१० जुगेडाका असई गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरी जवान नरबहादुर थापाको हवल्दारमा बढुवा गरिएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको शव बलात्कारपछि हत्या गरेको अवस्थामा २२ माघमा स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या अभियोगमा स्थानीय दिनेश भट्टलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x