सुदूरपश्चिम

बझाङमा देखापर्‍यो अज्ञात रोग, दुई वडा प्रभावित

इकागज |
फागुन १४, २०७७ शुक्रबार २०:५० बजे

काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिकाकामा अज्ञात रोग देखापरेको छ । अज्ञात रोगका कारण नगरपालिकाका दुई वटा प्रभावित भएका छन् ।

नगरपालिकाको वडा-८ स्थित जोशी गाउँ र वडा-१० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करिब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्राय: गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ ।


साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।  रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफूसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् ।

जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरू देखापरेको हुनसक्ने बताए । उनले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे ।


Author

थप समाचार
x