सुदूरपश्चिम

कैलालीमा देखियो थरुहटको युवा दस्ता

इकागज |
फागुन १५, २०७७ शनिबार १४:३२ बजे

धनगढी : कैलालीमा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन सुरु भएको छ । कैलारी गाउँपालिकाको हसुलियामा मोर्चाले युवा दस्तासहित राष्ट्रिय सम्मेलन सुरु गरेको हो । 

सद्भाव, न्याय र अधिकारका लागि भन्दै मोर्चाको कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन जनता समाजवादी पाटीका नेता राजेन्द्र महतोले गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने मोर्चाले दाबी गरेको छ । 



Author

थप समाचार
x