सुदूरपश्चिम

‍कैलालीमा युवक मृत फेला, हत्याको आशंकामा १२ जना पक्राउ

इकागज |
फागुन १५, २०७७ शनिबार १६:५५ बजे

धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण राना मृत भेटिएका छन् । उनको शव शनिबार बिहान भेटिएको हो । 

हत्या भएको आशंकामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घटनाको अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा लिइएको बताए । 


गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत फेला परेका थिए । प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ । मृतक रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x